कोरोनाबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ०८


काठमाडौं । नेपालमा गत २४ घण्टामा कोभिड-१९ बाट २८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या ३१६४ पुगेको छ।

यस्तौ गत २४ घण्टामा ९२९२ जनाको पीसीआर परीक्षण गर्दा ३०३२ जना संक्रमित पहिचान भएका छन्।

संक्रमितको कूल संख्या ३००११९ जना छन् जसमध्ये २७७५७३ जना निको भइसके।


प्रतिक्रिया दिनुहोस्