भोलिदेखि २० गतेसम्म बाँके जिल्लाभर निषेधाज्ञा

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ३१


काठमाडौं । नेपालगन्जमा कोरोना भाइरसका घटना अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि निषेधाज्ञा गर्ने निर्णय गरेको ।छ

प्रशासनले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने, हिंड्डुल गर्न पनि नपाइने जनाएको छ।

निषेधाज्ञा २० गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।

प्रशासन कार्यालयका अनुसार यस अवधिमा अत्यावश्यकीय सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै सेवा बन्द गरिएको छ।

एम्बुलेन्स,शववहान, दमकल, झण्डावाला सवारी, निलो कूटनीतिक प्लेटका सवारी साधान, लामो दूरीका सवारी साधन, निर्माण सामग्री ढुवानी साधन, अत्यावश्कीय सेवा सञ्चालन खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन र अनुमति पास प्राप्त सवारी साधन भने चलाउन सकिने प्रशासनले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्