पूर्व राजा ज्ञानेन्द्र दम्पतीको उपचारमा ‘अक्सिजन सपोर्ट’

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ०३


काठमाडौं । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजनको सहयोगमा उपचार गरिएको छ ।

पूर्वराजा शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा हिजो स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

‘उहाँको अवस्था सामान्य छ । कोभिडको विरामी र उमेरका कारण पनि राज दम्पत्तीलाई अक्सिजन सपोर्ट दिएर उपचार थालिएको छ’, नर्भिक अस्पतालका कम्युनिकेसन डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने, ‘हिजो केही लक्षण देखिए पनि आज लक्षण हराएका छन् ।’

उनका अनुसार छोरी प्रेरणालाई भने अक्सिजन सपोर्ट दिनुपरेको छैन । भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर आएपछि पूर्व राजदम्पतीलाई कोरोना संक्रमण भएको थियो ।

दिल्ली विमानस्थलबाट नेपाल आउने क्रममा गरिएको कोरोना परीक्षणमा नेगेटिभ आएको उनका संवाद सचिव फणि पाठकले बताए । शाहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्