एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, कालो मास्क निधेष

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ३७


काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हाे ।
यसैबीच बालुवाटारमा बसिरहेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ ।

प्रधानमन्त्री निवासबैठकमा सहभागी सदस्य तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन भनिएको छ ।

कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश नदिइएको र बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको बताइएकाे छ ।

यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो ।

बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्