आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ३३


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रतितोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्