बाँकेमा कोरोना संक्रमित थप चार जनाको मृत्यु

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ११ : ४१


बाँके । बाँकेमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै होम आइसोलेसनमा बसेका संक्रमित एक जना पुरुषले आत्महत्या गरेका छन् । मेडिकल कलेजमा कोहलपुर १० बाँकेकी ३६ वर्षीया महिलाको आज विहान साढे २ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमित बाँकेको खजुरा–३ बस्ने ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । यस्तै भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्