कोरोना अस्पतालमा आगलागी हुँदा २३ जनाको मृत्यु

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : ०९


काठमाडौं । इराकको राजधानी बगदादमा रहेको कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दर्जन भन्दा बढी घाइते भएका छन् ।

बीबीसी समाचारका अनुसार अक्सिजन ट्याङ्क विष्फोट भएर आगलागी भएको जनाएको छ । सामाजिक संजालमा राखिएका भिडियोहरूमा अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेको देख्न सकिन्छ भने अस्पतालभित्र रहेका अन्य मानिसहरू आगोबाट बच्न हतारिँदै भागिरहेको देखिन्छ ।

इराकका प्रधानमन्त्री मुस्तफा अलकाधिमीले भने आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन पनि दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्