कस्तो रहला आज दिनभरको मौसम ?

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : ४६


काठमाडौं । देशका पहाडी क्षेत्रका आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहनेछ ।

प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का बर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिक बदली भएको हो ।

यसैबिच प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेकाले बेलुकातिर सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्