‘पहिला अक्सिजन सिलिण्डर, भेन्टिलेटर जोहो गरौं, राममन्दिर र भ्यूटावरहरू बनाउॅदै गरौंला’

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : २८


काठमाडाैं । सामाजिक संजालमा सक्रिय रहने संघीय समाजवादी पार्टीका नेता डा. बाबुरम भट्टराईले पशुपतिको गजुर, भ्युटावरलाई अहिले थाँती राखेर कोरोनाको जोखिम र सतर्कतातर्फ दिनुपर्ने बताएका छन् ।

भट्टराईले कोभिड १९ को दोस्रो लहर चलिरहँदा अहिलेकाे राष्ट्रिय प्राथमिकता नागरिककाे जीवरनरक्षा भएको उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले ट्वीटरमार्फत भारतसँगको खुला सीमाना व्यवस्थापन गर्नुपर्नेमा भन्दै अस्पतालहरूमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्रीकाे युद्धस्तरमा जाेहाे गर्नुपर्नेमा जाेड दिएका छन् ।

भट्टराई लेख्छन्, “कोभिड(१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो१विश्वको हटस्पट बनेको भारतसंगको खुला सीमानामा आवस्यक व्यवस्थापन गरौं।अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं।राममन्दिर,पशुपतिका गजूर,भ्यूटावर,धरहरा बनाउॅदै गरौंला !”


प्रतिक्रिया दिनुहोस्