फ्रेन्च लिगमा पिएसजी शिर्ष स्थानमा उक्लियो

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ०५


काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले शानदार जित हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मेट्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए । एम्बाप्पेले खेलको चौथो र ५९औ मिनेटमा गोल गरेका थिए । त्यस्तै अर्को गोल माउरो इकार्डीले खेलको ८९औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसैगरी मेट्जका लागि एक गोल फाबिएन सेन्टोनजले खेलको ४६औ मिनेटमा फर्काएका थिए । यो जितसँगै पिएसजी लिग वानको शिर्ष स्थानमा उक्लिएको छ । पिएसजीको ३४ खेलमा ७२ अंक भएको छ ।

त्यस्तै एक खेल कम खेलेको लिलेको ३३ खेलमा ७० अंक रहेको छ । त्यसैगरी हार बेहोरेको मेट्जको भने ३४ खेलमा ४३ अंक छ र लिगमा १०औ स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्