नेपाल सुपर लिगका लागि एफसिको जर्सी सार्वजनिक

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ४१


नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को टोली एफसि चितवनले शनिबार जर्सी सार्वजनिक गरेको छ।

एफसि चितवनले एक कार्यक्रममा गरेर लिनिङ ब्रान्डले प्रायोजन गरेको जर्सी शनिबार डिजिटल माध्ययमबाट सर्वाजनिक गरेको हो।

डिस होमको मुख्य प्रायोजक रहेको चितवनले नेपाल सुपर लिग (एनएसएल)मा लिनिङ ब्रान्डको जर्सी पहिरिएर प्रतिस्पर्धा गर्नेछ। चितवन यस अघि नै किट्स पार्टनरको रुपमा लिनिङ ब्राण्डसँग सम्झौता गरेको थियो।

एफसि चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल र लिनिङका प्रबन्धक कृतराज महर्जनले डिजिटल माध्ययमबाट जर्सी सार्वजनिक गरेका हुन्।

सार्वजिनक जर्सी दुई ओटा रहेका छन् । होम एण्ड अवे खेलका लागि जर्सी सार्वजनिक गरेको हो।

राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा शैलेश कर्माचार्यको प्रशिक्षणमा प्रतियोगिताको तयारी गरिरहेका छ।

एफसि चितवनमा दुई इजिप्ट र एक सर्वियन खेलाडी रहेका छन्। जेठ १ सम्म सञ्चालन हुने प्रतियोगितामा एफसि चितवनले सोमबार ललितपुर सिटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

उपाधि दावेदारको रुपमा हेरिएको चितवनले उपाधि लक्ष्य राखेर अभ्यास गरिरहेको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बताए।

प्रतियोगितामा ७ टोलीले सहभागिता जनाउँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविन लिग प्रणालिमा आयोजना हुँदै छ।

कुल २५ खेल प्रतियोगिताको विजेताले ३५ र उपविजेताले १५ लाख रुपैयाँ पाउँनेछन ।


प्रतिक्रिया दिनुहोस्