कोरोना संक्रमित पूर्वराजा-रानी अस्पताल भर्ना

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : ००


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी धर्मपत्नी कोमल राज्य लक्ष्मी शाह अस्पताल भर्ना भएका छन्।

कोभिड संक्रमणका कारण शाह दम्पत्ति निर्मल निवासमै आइसोलेनमा बसेका थिए।

आइसोलेशनमा रहेका उनीहरु स्वास्थ्यमा समस्या देखिएपछि आज दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहमा पनि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएकी छन्।

पूर्वराजपरिवारको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तीनैजनाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ।

भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर फर्केका पूर्वराजा शाहलाई स्वदेश फर्केपछि कोरोना देखिएको थियो।


प्रतिक्रिया दिनुहोस्