नेपाल र नेदरल्यान्ड्स आज उपाधिका लागि भिड्दै

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १३


काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स उपाधिका लागि भिड्दै छन् ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह १ः१५ बजे शुरू हुनेछ । सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम गर्न चाहन्छ ।

सिरिजमा नै उच्च प्रदर्शन गरेको नेपाल फाइनलमा पनि नेदरल्यान्ड्सलाई कडा चुनौती दिन चाहन्छ । तर, नेदरल्यान्ड्ससँग पनि सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको उच्च मनोबल छ । नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्