भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, २६ सय ६१ जनाको मृत्यु

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १०


काठमाडौं । भारतमा गत केही दिनदेखि ३ लाख भन्दा धेरैमा कोरोना संक्रमण देखिरहेको छ । यस क्रममा वल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म एकैदिन तीन लाख ४५ हजार १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या एक करोड ६६ लाख २४ हजार ५६ जना पुगको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन २६ सय ६१ जनाको मृत्यु भएको छ ।

यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८९ हजार ५ सय ४९ पुगेको छ । त्यस्तै भारतमा एक करोड ३८ लाख ६२ हजार १ सय १९ जनामा संक्रमित उपचारपछि निको भएका छन् ।

दुई लाख ५५ हजार ७ सय ८८ जना उपचाररत छन् भने ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ ।


प्रतिक्रिया दिनुहोस्