थप २ गिद्ध मृत अवस्थामा फेला

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ०१


परासी । पश्चिम नवलपरासीमा थप २ गिद्ध मृत अवस्थामा फेला परेका छन्। यो सँगै मृत भेटिने गिद्धको संख्या ६९ पुगेको छ।

जिल्लाको रामग्राम नगरपालिका–४ जीतपुरमा यसअघि मंगलबार एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका थिए।

जीतपुरस्थित एक पोखरीको डिलमा लोपोन्मुख गिद्ध मृत फेला परेका हुन्।

गिद्धको मृत्यु बिष खुवाएर मारिएको कुकुर खाएपछि भएको जनाइएको छ। कुकुरलाई बिष हालेरमार्नेमाथि कारवाही गर्न अभियन्ताहरुले माग गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्