आज घट्यो सुनको मूल्य

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : ५०


काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको छ ।

हिंजाे प्रति तोला ९२ हजार २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज भने घटेको हाे ।

आज छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँमा काराेबार भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिंजाे प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा काेराेबार भएकाेमा थोरै घटेर एक हजार ३२० मा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्