लुम्विनीका अस्पतालमा कोभिडका बिरामी भरिए

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : २५


बुटवल । लुम्विनी प्रदेशमा कोरोना अस्पतालहरुमा कोभिडका गंभिर खालका स्वस्थ्य समस्या भएका विरामी भरिएका छन । लुम्विनी प्रदेशमा बुटवल धागो कारखाना स्थीत कोरोना विशेष अस्पतालसहित ४ वटा कोरोना अस्पताल रहेका छन ।

यहा बुटवलको कोरोना अस्पताल, भीम अस्पताल, भेरी अस्पताल, बेलझुण्डि कोरोना विशेष अस्पताल रहेका छन । बुटवल धागो कारखाना स्थीत कोरोना विशेष अस्पतालमा तथा भैरहवामा रहेको भिम अस्पतालमा केही दिन यता आइसियुमा थप विरामी भर्ना गने अवस्था छैन ।

कोभिडका विरामीले आइसियु वेड भरिएपछि विरामीहरु यी अस्पतालहरुमा उपचार पाउनबाट वन्चित भएका छन । बुटवलबाट रिफर भएका बिरामी भैरहवा लैजाने गरिएकोमा भैरहवामा पनि विरामी भरिएपछि अनेत्रका अस्पतालहरुमा लैजानुपर्ने बाध्यता सिर्जना भएको छ ।

बुटवलको कोरोना विशेष अस्पताल मा रहेका सबै आइसियु मा बिरामी भरिएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले बताए । त्यस्तै भैरहवा स्थीत भीम अस्पतालमा पनि विरामी भरिएका छन ।

मेडिकल सुपरिटेण्डेट डाक्टर शकुन्तला गुप्ताले सबै वेडमा बिरामी भरिएकाले बिरामीहरु फर्काउनुपरेको बताइन । यहाका अस्पतालहरुमा उपचार नपाएपछि सक्नेले महगोमा हेलिकप्टरमा काठमाण्डौंमा विरामी लैजान थालेका छन ।

नसक्ने निरास हुनुपर्ने अवस्था सिर्जना भएको छ । लुम्विनी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ५ सय नाघेको छ । यहा निको भएकाको संख्या २७ हजार ४ सय भन्दा धेरै रहेको छ ।

त्यस्तै यहा सक्रिय संक्रमितहरुको संख्या २ हजार ३ सय रहेको छ । यस प्रदेशमा हालसम्म ४ सय ४२ जनाको मृत्यु भएको छ । लुम्विनीका विशेष कोरोना आइसोलेसन अस्पताल हरुमा झण्डै २ सय वेड रहेका छन ।

यहा नीजि तर्फ पनि ७ वटा आइसोलेसन अस्पताल रहेका छन । ती अस्पतालहरुमा आइसियु वेडको संख्या जम्मा १०३ रहेको छ । कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि अस्पतालहरुमा वेडको अभावमा उपचार नपाउने अवस्था सिर्जना हुन थालेपछि स्वस्थ्यकर्मीहरुले स्वस्थ्यमा ख्याल राख्न सुझाव दिएका छन ।

कोरोना संक्रमण हुनबाट जोगिन सबै सचेत हुनुपर्नेमा स्वस्थ्यकर्मीहरुको सुझाव छ । संक्रमित हुनबाट जोगिन भिडभाडमा जान नहुनेदेखि मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने तथा सेनिटाइजरको प्रयोगका साथै सावुन पानीले पटक पटक हात धुनुपर्नेमा उनीहरुको सुझाव छ ।

यता आयुर्वेद क्षेत्रका स्वस्थ्यकर्मी तथा योग प्रशिक्षक लुम्विनी आयुर्वेदिक औषद्यालय बुटवलका विष्णुहरि आचार्य (योगिराज) उच्च मनोवलका साथ योग तथा खानपानमा ध्यान दिनुपर्ने सुझाव दिन्छन ।

योगले शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउने भन्दै उनले योग र आहारविहारमा ध्यान दिन दिदै उच्च मनोवल बनाउनुपर्नेमा सुझाव दिन्छन ।


प्रतिक्रिया दिनुहोस्