आईपीएलः राजस्थानलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ०५


काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार चौंथो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । बैंगलोरको जितमा देवदत्त पडिकलले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले ।

उनको यो आईपीएलमा पहिलो शतक हो ।कप्तान विराट कोहलीले अविजित रहदै ७२ रनको इनिङ्स खेले । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । राजस्थानका लागि शिबम डुबेले सर्वाधिक ४६ रन बनाए ।

राहुल टेवाटियाले ४० रन जोड्दा रियान परागले २५ रन बनाए । कप्तान सन्जु सामसनले २१ रन बनाउँदा क्रिस मोरिसले १० रन बनाए । बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३र३ विकेट लिए ।

केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए । जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ । र, बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ४ खेलमा २ अंक जोडको छ । राजस्थान पुछारमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्