भारतमा थप ३ लाख ३२ हजार कोरोना संक्रमित, २२ सय ५६ को मृत्यु

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : २०


काठमाडाैं । भारतमा एकै दिन तीन लाख ३२ हजार कोरोना संक्रमित थपिएका छन् । यस्तै २२ सय ५६ को मृत्यु कोरोनाका कारण मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्।

विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ। राजधानी दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ।

यो अवधिमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। १९ हजार ६०९ जना संक्रमणमुक्त भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्। सरकारी तथ्यांक अनुसार अहिले दिल्लीमा ९१ हजार ६ सय १८ जना सक्रिय कोरोना संक्रमित छन्।

अहिलेसम्म दिल्लीमा मात्रै १३ हजार १९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। दिल्लीमा अहिले एक हप्ताका लागि लकडाउन लागु गरिएको छ।


प्रतिक्रिया दिनुहोस्