कस्तो रहला आज दिनभरको मौसम ?

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : ०१


काठमाडौं । हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

बिहीवार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।

राती देशभर पहाडी भूभागहरुमा आँशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग र हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्