वामदेव गौतमसँग बालुवाटारमा प्रधानमन्त्री ओलीको डिनर सहितको वार्ता

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १० : १५


काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमाले उपाध्यक्ष वामदेव गौतमसँग भेटघाट गरेका छन्।

बिहिबार साँझ प्रधानमन्त्री ओलीले प्रम निवास बालुवाटारमा नेता गौतमसँग झण्डै एक घण्टा डिनर सहितको वार्ता गरेका हुन।

ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।

फेसबुकमा फोटो सेयर गर्दै एमाले प्रमुख सेचतक भट्टराईले लेखेका छन्, ‘कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें-‘तपाइहरु बीचको सम्बाद सकारात्मक-नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है, कमरेड?’ सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो ‘केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा (एमाले)को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ।’ अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि!’

यसअघि आजै दिउसो वरिष्ठ नेता माधव नेपालसँग भेट गरेका ओलीले उक्त भेटमा कुनै सहमति नभएको नेता नेपालले बताइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्