स्थानीय तहका कर्मचारीको सरुवाका लागि निवेदन आव्हान

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ९ : ४०


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवाका लागि निवेदन आव्हान गरेको छ ।

मन्त्रालयले बुधवारको मन्त्रिस्तरीय निर्णय अनुसार इच्छुक कर्मचारीलाई नियुक्ति पत्र र निवेदन इमेलमार्फत पठाउन भनेको हो ।

‘लोक सेवा आयोगको सिफारिसबाट स्थानीय तहमा स्थायी नियुक्ति भई आफूलाई पायक पर्ने अन्य स्थानीय तहमा कामकाजमा खटिई जान इच्छुक कर्मचारीले जाने र छाड्ने दुवैतर्फको स्थानीय तहको अध्यक्ष/प्रमुख र प्रमुख प्रशासकीय अधिकृत दुवै जनाको हस्ताक्षर भएको सरुवा भई जान र आउन दिएको सहमति पत्र, स्थानीय तहका भएको नियुक्ति पत्र र कामकाजको लागि अनुरोध गरी दिएको निवेदन संलग्न गरी यस मन्त्रालयको इमेल ठेगाना मा मिति २०७८ वैशाख २० गतेसम्म इमेल गर्नुपर्ने’ मन्त्रालयले भनेको छ।

उक्त अवधि पश्चात् प्राप्त हुने निवेदन उपर कुनै कारबाही नहुनेसमेत मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्