रुखले किचेर दोलखामा काँग्रेस पूर्वसभापतिको निधन

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : ५८


काठमाडौं । नेपाली काँग्रेस दोलखा जिल्लाका पूर्व सभापतिको रुखले किचेर निधन भएको छ।

पूर्वसभापति देवी प्रसाद न्यौपानेको बुधबार घरनिजकै रुखको मुढाले किचेर दुखद् निधन भएको छ।

न्यौपानेको घर साविकको जफे गाविस ७ र हालको तामाकोशी गाउँपालिका ३ रैकरमा पर्दछ।

न्यौपाने नेपाली कांग्रेस दोलखाका दुई पटक सभापति भएका थिए।


प्रतिक्रिया दिनुहोस्