अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ४ : २९


काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‍ओली र नेता माधव नेपालबीचको भेटवार्ता सकिएको छ।

दुवै नेता बैठक स्थलबाट बाहिरिएका छन्। पार्टी भित्रको विवादलाई लिएर दुवै नेताबीच आज दिउसो नक्साल स्थित होटल मेरियटमा वार्ता भएको हो। सो भेटमा के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस्