प्रचण्डकी बुहारी सिर्जना कुखुरापालन व्यवसाय तर्फ (भिडियो)

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ३ : ४९


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी सिर्जना त्रिपाठीले कुखुरा पालन व्यवसाय थालेकी छन्।

सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै सिर्जनाले आफू उत्पादन क्षेत्रमा जोडिएको उल्लेख गरेकी छन्।

सिर्जनाले पोखरा स्थित आफ्नै घर नजिकै कुखुराको फार्म खोलेकी हुन।

उनले फेसबुकमा भिडियो सेयर गर्दै लेखेकी छन्, ‘हामी उत्पादनसङ्ग जोडिएका छौं, साथीहरु चाहिएमा सम्पर्क गर्नुहोला’।

प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि सिर्जना छोरा लिएर माइत गएकी थिइन्। हाल उनी पोखरामै बस्दै आएकी छन्।

प्रकाशको निधनपछि उनी राजनीतिमा पनि सक्रिय छिन्। उनले थालेको पछिल्लो कामको धेरैले प्रशंसा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्