नेप्से १५ अंकले बढ्यो, ६ कम्पनीको सेयरमा सर्वाधिक वृद्धि

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ३ : १४


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १५ अंकले बढेको छ।

अघिल्लो दिनभन्दा १५.८ अङ्क अर्थात् ०.६० प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६४८.०१ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६५१.५३२८ र कममा २६०९.०१५५ पुगेको थियो।

आज सेयर बजारमा १२९३६२१३ कित्ता सेयरको ५ अर्ब ८६ करोड माथिको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २१४ कम्पनीको सेयर किनबेच भएको हो।

कारोबार फुकुवा भएपछि आजबाट बजारमा आएको बिसाल बजार कम्पनी लगायत ६ कम्पनीको सेयर सर्वाधिक १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज सबै भन्दा धेरै सेयर एनसीसी बैंकको किनबेच भएको छ। दोस्रो स्थानमा निफ्रा छ।


प्रतिक्रिया दिनुहोस्