यस्तो छ नेपालमै बनेको इलेक्ट्रीक बाइक

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  २ : ५१


काठमाडौं । नेपालमै बनेको इलेक्ट्रीक मोटरसाइकल भोलि (शुक्रबार) सार्वजनिक गरिने भएको छ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘पी–०’को उत्पादन मोडल र नयाँ मोटरसाइकलको प्रोटोटाइप देखाइने छ।

नेपाली युवा इन्जिनियर असिम पाण्डेको नेतृत्वमा नेपालमा नै डिजाइन भएको ‘पी–०’ले ६४ हर्स पावर प्रदान गर्ने र एक पटकको फुलचार्जमा २३० किलोमिटरको रेञ्ज दिने दाबी गरिएको छ।

यो बाइक ६ जना नेपाली युवा इन्जिनियरहरूले विकास गरेका हुन्। यस बाइकको बडी शत प्रतिशत कार्बनफाइबरबाट निर्माण गरिएको छ र यसले ३० किलोवाटर४० हर्सपावर शक्ति उत्पन्न गर्ने बताइएको छ।

यसको ब्याट्री ८० प्रतिशत चार्ज हुन २ घण्टा समय लाग्छ भने एकपटकको चार्जबाट दुई सय ३० किमी यात्रा गर्न सकिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्