केकीको कोरोना रिपोर्ट नेगेटिभ

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ३८


काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई तीन दिन अगाडी मात्र कोरोना संक्रमण भएको थियो । उनले आज सामाजिक सञ्जाल मार्फत आफ्नो रिपोर्ट तीन दिनमै नेगेटिभ आएको जानकारी दिएकी छन् । यद्पी आफु होम आइसोलेसनमै रहेको केकीको भनाई छ ।

उनले लेखेकी छिन्–केही दिन अघिको हावा पानी बर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो । चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो। नेगेटिभ नै देखिए पनि मैंले हाललाई आफूलाई आइसोलेट गरेकी छु । यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनु हुने विश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहान्छु । हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस् !

केही दिन अघिको हावापानीबर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा…

Posted by Keki Adhikari on Wednesday, April 21, 2021


प्रतिक्रिया दिनुहोस्