‘राधे’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ३०


काठमाडौं । भारतमा दैनिक तीन लाख भन्दा धेरैमा संक्रमण देखिरहेको छ । कयौं राज्यमा लकडाउन छ भने अधिकांश शहरहरुमा हलहरु बन्द छन् ।

तर, अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे–यू मस्ट वान्टेड भाइ’ निर्धारित मितिमै प्रदर्शन हुने भएको छ। यसैबीच उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म १३ मेमा थिएटरसँगै डिजिटल प्लेटफर्ममा फिल्म एकसाथ रिलिज हुने जनाइएको छ।

कोरियोग्राफर प्रभु देवा निर्देशित फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ। जी स्टूडियोजले यो फिल्मको सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा किनिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्