संगीत समूह ‘साबरी ब्रदर्स’ का सदस्य फारिद साबरीको निधन

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : १३


काठमाडौं । संगीत समूह ‘साबरी ब्रदर्स’ का सदस्य फारिद साबरीको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार फारिदलाई निमोनिया भएको थियो ।

उनको उपचार क्रममा जयपुर अस्पतालमा बुधबार निधन भएको हो । उनको मृत्यु पुष्टि गर्दै ब्यान्डका सदस्य तथा भाइ अमिन साबरीले टाइम्स अफ इन्डियालाई भने, ’उनी डायबेटिजका बिरामी थिए र किडनीमा समस्या देखिएको थियो। उनलाई केही दिनअघि निमोनिया भयो।’

फारिद साबरीले उनका बुबा सईद साबरी र गायिका लता मंगेशकरका साथमा गाएको ’हिना’ फिल्मको ’देर ना हो जाए कहीं देर ना हो जाए’ गीत निकै चर्चित छ।


प्रतिक्रिया दिनुहोस्