भारतमा एकैदिन ३ लाख १५ हजार बढीमा कोरोना संक्रमण, २१ सय २ जनाको मृत्यु

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ११ : ४३


काठमाडौं । भारतमा एकैदिन ३ लाख बढीमा कोरोना संक्रमण भएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन तीन लाख १५ हजार ८ सय २ जनामा संक्रमण देखिएको छ ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख २४ हजार ८ सय ६ जनामा संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमणबाट एकैदिन भारतमा २१ सय २ जनाको मृत्यु भएको छ ।

यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८४ हजार ६ सय ७२ पुगेको छ । त्यस्तै एक करोड ३४ लाख ४९ हजार ४ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्