अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ५६


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ।

वार्तापछि उनीहरू नागपोखरीस्थित मेरियट होटलबाट बाहिरीएका छन। उनीहरूले सो भेटबारे कुनै प्रतिक्रिया दिएका छैनन।

पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा उनीहरूबीच छलफल भएको हो।

गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरूबीच संवाद हुन सकेको थिएन।

यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस्