ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : २०


ब्राजिलले दोस्रो चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ।

ब्राजिलको स्वास्थ्य अनुगमन ब्युरोले बुधबार दिएको जानकारी अनुसार गत १६ तारिख चीन क्लोभर बायोफार्मास्यूटिकल्सद्वारा अनुसन्धान गरिएको कोभिड–१९ विरूद्धको खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ।

यो ब्राजिलमा क्लिनिकल परीक्षण गर्न अनुमति प्राप्त गरेको दोस्रो किसिमको चिनियाँ कोभिड खोप हो। गत वर्षको जुलाई महिनामा चीनको सिनोभ्याक्सद्वारा अनुसन्धान गरिएको कोभिडविरूद्धको खोप ब्राजिलमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्