बिष खुवाएर कुकुर मारियो, सयौंको संख्यामा गिद्ध पनि मरे

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : १७


काठमाडौं । पश्चिम नवलपरासीमा ठूलो संख्यामा गिद्ध मरेको पाइएको छ। जिल्लाको रामग्राम नगरपालिका–४ स्थित जितपुरको खुला मैदानमा एक सय भन्दा बढी संख्यामा गिद्ध मृत फेला परेको स्थानीयले बताएका छन्।

प्राकृतिक कुचीकार मानिएको गिद्ध यति ठूलो संख्यामा कसरी मृत फेला पर्‍यो भन्ने खुल्न सकेको छैन।

गिद्धहरु मृत फेला परेको स्थानमा एउटा कुकुर समेत मृत फेला परेको छ। स्थानीयका अनुसार कुकुरलाई विष खुवाएर मारिएकाले सोही कुकुरको सिनो खाँदा गिद्ध मरेको आशंका गरिएको छ।

ठूलो संख्यामा गिद्ध मृत फेला परेपछि अनुसन्धान थालिएको अधिकारीहरुले बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस्