प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच होटलमा भेटवार्ता

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ६ : ४४


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओली र नेता नेपालबीच नक्सालस्थित होटल मेरियटमा आज भेटवार्ता भएको हो।

भेटमा पार्टीको आन्तरिक विवादबारे छलफल भएको बुझिएको छ।

भेटमा अर्थमन्त्री समेत रहेका नेकपा एमालेका महासचिव बिष्णु पौडल पनि सहभागी छन।


प्रतिक्रिया दिनुहोस्