अध्यक्ष ओलीले सांसद पदबाट हटाउन लागेपछि माधव समूह अदालतमा

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : २६


काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्ष सर्वोच्च अदालत पुगेको छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर स्पष्टीकरण सोधेका थिए।

ओलीले कारवाही अगाडी बढाउने संकेत पछि माधव समूह अदालतमा आज निवदेन लिएर अदालतमा पुगेको हो।

‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै माधव नेपाल पक्ष आज अदालत गएको छ।

अदालतमा ढिलागरि पुगेकाले निवेदन भने दर्ता हुन पाएन।


प्रतिक्रिया दिनुहोस्