ट्रक दुर्घटनामा एकको मृत्यु, ४ जना घाइते

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : २६


मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा एकको ज्यान गएको छ भने चार गम्भीरसहित आठ घाइते भएका छन्।

हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही ट्रकले उछिन्दै गरेकोे ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार हेटौँडा–१९, गुम्बाडाँडाका ३० वर्षीय गुणसिंह वाइबाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा शरीरका विभिन्न ठाउँमा चोटपटक लागेर घाइते भएका उदयपुरका २७ वर्षीय मुकेश परियारको हाल हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

आजै मकवानपुरगढी गाउँपालिकाको जीतपुर नजिक कान्ती लोकपथमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन गम्भीरसहित सात घाइते भएका छन्।

आज बिहान बकैया–४ बाट जन्ती लिएर जीतपुरतर्फ जाँदै गरेको ना १ ज १७५१ नम्बरको टाटा सुमो जीप ब्रेक फेल हुँदा दुर्घटना भएको स्थानीयवासीले जनाएका छन्।रासस


प्रतिक्रिया दिनुहोस्