नेपालगन्जमा आजराति देखि लागू हुने गरि लकडाउन

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ४१


काठमाडौं । कोरोना भाइरस संक्रमणका घटना बढेपछि नेपालगन्जमा आजराति देखि लागू हुने गरि लकडाउनको घोषणा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकले बुधबार राति १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको छ।

प्रशासनको विज्ञप्तिमा भनिएको छ, ‘दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यास पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने छन्,’ प्रमुख जिल्ला अधीकारी गेलालले भने,‘ जसमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छन्।’

 


प्रतिक्रिया दिनुहोस्