बेलायती महारानी एलिजाबेथको जन्मदिनमा कुनै उत्सवका कार्यक्रम नहुने

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १ : २५


काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ दोश्रोको बुधबार ९५औँ जन्मदिन परेको छ ।

एलिजाबेथको हरेक जन्मदिनको अवसरमा परम्परागत रुपले हाइडे पार्क र लण्डन टावरमा बन्दुक पड्काएर र ४१ तोप र २१ बन्दुकको सलामी दिइने गरिएको छ, तर यस वर्ष यी कार्यक्रमहरुलाई नगरिने भएको छ ।

गत ९ एप्रिलका दिन महारानी एलिजाबेथका श्रीमान् राजकुमार फिलिपको निधन भएपछि यतिबेला महारानीसहित बकिङघम दरबार शोकमा डुबेको छ । जसका कारण महारानीको जन्मदिनमा कुनै उत्सव नगरिने बताइएको छ ।

महारानीको जन्मदिनको अवसरमा कुनै औपचारिक तस्विर पनि सार्वजनिक नहुने आशा गरिएको छ । पुरै दिन मौनतामा बिताउँन चाहेको महारानीले बताएको जनाइएको छ ।

– द गार्डियन


प्रतिक्रिया दिनुहोस्