तोलामा एक हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : ३८


काठमाडौं । बुधबा सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेर ९२ हजार तोलामा कारोबार हुने भएको हो ।

हिजो सामान्य घटेर ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेको हो ।

सोही परिमाणको तेजावी सुनको मूल्य आज प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ । लगातार तीन दिनसम्म स्थिर रहेको चाँदीको मूल्य आज भने बृद्धि भएको छ ।

हिजो प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्