नेपाली कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ५४


काठमाडाें । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पार्टीको चौधाैँ महाधिवेशन र समसामयिक राजनैतिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सदस्यता वितरण, समायोजन लगायतका विषयमा पनि छलफल हुने बताइएकाे छ । देउवा पक्षले अनाधिकृत रुपमा सदस्यता वितरण गरिरहेको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाइरहेको छ ।

यस्तै पदाधिकारी बैठकले पार्टीको निर्वाचन समिति संयोजक पनि चयन गर्ने बताइएको छ । निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि नयाँ संयोजक चयन गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्