इंग्लिस प्रिमियर लिगका ६ क्लबले गरे युरोपियन सुपर लिग नखेल्ने घोषणा

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ११ : ४६


काठमाडौं । इंग्लिस प्रिमियर लिगका ६ क्लबले युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनीहरूले विज्ञप्तिमार्फत आफूहरू सुपर लिगमा सहभागाी नहुने जानकारी दिएका हुन्।

सुरुमा म्यानचेस्टर सिटीले विज्ञप्ति निकालेर आफू युरोपियन सुपर लिगमा सहभागी नहुने बताएको हो। त्यसपछि अन्य क्लबले पनि लिगमा सहभागी नहुने घोषणा गरेका हुन्।

विज्ञप्तिअनुसार म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड, टोटनह्यामले सुपर लिगबाट हात झिकेका हुन्। म्यानचेस्टर युनाइटेडले पनि आफ्ना समर्थक, सरकार, अन्य सरोकारवालाको सुझावअनुसार सुपर लिग नखेल्ने निर्णय गरिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्