नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ३९


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषय रहेको बताइएकाे छ ।

कांग्रेस र जनता समाजवादी पाटीं (जसपा) सँग मिलेर नयाँ सत्ता समीकरण बनाउने पहलमा नेकपा माओवादी केन्द्रले पहल गरिरहेको भए पनि त्यो सार्थक बनिसकेको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको पहलमा समस्या हुने कांग्रेसले बताइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्