जर्ज फ्लोइडको हत्या: घाँटी थिचेर मार्ने पूर्व प्रहरी अधिकारी दोषी ठहर

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : ३८


काठमाडौं । जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई जुरीले दोषी ठहर गरेको छ । १४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान एवम् पक्ष विपक्षका वकिलको बहस सुनेपछि जुरीले आफ्नो निर्णय तयार पारेको हो ।

जुरीले पूर्व प्रहरी अधिकारी चोभनलाई सेकेण्ड डिग्री मडर र थर्ड डिग्री मडर एवम् मानवहत्या अभियोगमा दोषी ठहर गरेको हो ।

गत वर्ष अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको निधन भएको थियो ।

पक्राउको क्रममा ४५ वर्षे प्रहरी अधिकारी (तत्कालीन) चोभनले फ्लोइटको घाँटीमा ९ मिनेट भन्दा बढि थिचेको र फ्लोइटले ‘आइ कान्ट ब्रिथ’ भनेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरी ज्यादती विरुद्ध प्रदर्शन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्