पैसा लिएर २ घण्टामै कोरोनाको रिपोर्ट नेगेटिभ निकाल्ने गिरोह पक्राउ

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ५९


काठमाडौं । कोरोनाको नक्कली रिपोर्ट बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालि कासंचालक श्री कुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सन्चालक प्रकाश रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुले बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुका लागी आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधीक रकम लिई स्वाबको नमुना समेत नलिई एक/दुई घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट दिने गरेका थिए।

बिशेष सूचनाको आधारमा आज दिउसो सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा।लि बाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी पिसिआर टेस्ट नेगेटिभ भनि उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट सहित ब्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ जनालाई प्रहरीको अपराध महाशाखा बाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीहरुबाट कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिईएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरुले प्रतिब्यक्ति रु,९,००० लिएर नक्कली रिपोर्ट बनाई दिने गरेको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्