नेपालकी गौरिका सिंह एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : ४३


काठमाडौं । नेपाली जलपरि गौरिक सिंह एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन।

३० वर्ष मुनिका एसियाली महादेशका सर्वोत्कृष्ट ३० बिलक्षण प्रतिभावान किशोरीको फोर्ब्स सूचीमा नेपाली पौडीबाज सिंह सूचीकृत भएकी हुन।

नेपालमा जल परीको नामले परिचित १८ वर्षकी गौरिकाले सन् २०१९ मा सम्पन्न साग प्रतियोगितामा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्न सफल भएकी थिइन्।

९ वर्षको उमेरदेखि पौडी खेल्न थालेकी उनले १२ वर्षको उमेरदेखि नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी हुन्।

फोर्ब्सका निर्णायकहरुको समूहले आफ्नो क्षेत्रमा अतुलनीय योगदान दिएको, समर्पित र कठिन मिहेनत गरेबापत ती नामहरु छनौट गरेको जनाएको छ।

फोर्ब्सको सार्वजनिक गरेको उक्त सूचीमा नेपालका प्रकाश कोइराला पनि छन्। उनी फिनलिट नेपालका संस्थापक हुन्।

उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन्।

उनले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस्