राम–सीताको मूर्तिसहितको रथयात्रा बालुवाटारबाट अयोध्यातर्फ

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : ११


चितवनको माडीस्थित अयोध्यापुरीमा प्रतिस्थापन गर्न राम–सीताको मूर्ति आज रथयात्रासहित त्यसतर्फ लगिँदैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए।

त्यसपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै त्यसतर्फ पठाइएको हो।

गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए।

अयोध्यापुरीमा रथ पुगेपछि बुधबार बिहान अभिषेकसहित प्रतिस्थापन गरिने जनाइएको छ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अतिथि सहभागी छन्।


प्रतिक्रिया दिनुहोस्