अफ्रिकी मुलुक चाडका राष्ट्रपतिको हत्या

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ५२


एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपतिको हत्या भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति इड्रिस डेबीको आज हत्या भएको हो।

चाडमा भएको निर्वाचनमा राष्ट्रपति डेबीले जितेका थिए। चुनाव जितेको अर्को दिन उनको हत्या भएको समाचारमा जनाइएको छ।

विगत ३० बर्षदेखी सत्तामा रहेका डेबीले छैठौं कार्यकालका लागि चुनाव जितेको घोषणा सोमबार मात्रै भएको थियो।

चुनावी परिणामपछि डेबी उत्तरी चाडमा सेनाहरूलाई भेट्न गएका थिए। सेना र विद्रोही समूहबीच भिडन्त भइरहेको क्षेत्रमा गएका राष्ट्रपतिको भिडन्त स्थलमै निधन भएको हो।

चाडको सेनाले राष्ट्रपतिको निधनपछि सैनिक परिषद गठन गरेको छ।

राष्ट्रपतिका छोरा ३७ वर्षीय छोरा महामत इद्रिस डेबी इट्नोको नेतृत्वमा रहेको सैन्य परिषद्ले अब देशको नेतृत्व हातमा लिने छ।

 


प्रतिक्रिया दिनुहोस्