अमेरिकन आइडलमा फर्केका दिवेशको पहिलो प्रस्तुती, निर्णायकको मत जिते (भिडियो)

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ३७


काठमाडौं । १९ औं सिजनको अमेरिकन आइडलमा नेपाली गायक दिवेश पोखरेलले (अर्थर गन) फेरि निर्णायकको मत जितेका छन्।

अप्रिल १९ मा प्रसारण भएको आइडलको कमब्याक प्रस्तुतिबाट उनले फेरि आइडलका तीन निर्णायकको मन जित्न सफल भएका हुन्।

सोमबार प्रसारण भएको कार्यक्रममा दिवेशले आइरिसको ‘गु गु डल्स’बोलको गीत गाएका थिए। यसअघिको १८ औं सिजनको सुरुवातदेखि उनले आफ्नो प्रस्तुतिबाट निर्णायकदेखि दर्शकको मन जितेका थिए ।

उनको पछिल्लो प्रस्तुतीको निर्णायकहरुले प्रशंसा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्