आफूलाई संघीयता विरोधी भन्दै गोकुल बाँस्कोटाले गरे ट्विट

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ४३


काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूलाई संघीयता विरोध भन्दै ट्विट गरेका छन्।

हाल कर्णाली प्रदेश लगायतका प्रदेशमा उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर बाँस्कोटाले ट्विट गरेका हुन।

उनले नेपालमा प्रदेशको आवश्यकत्ता नै नभएको कुरा दोहोर्याएका छन्।

उनले प्रादेशिक विकास र सेवा केन्द्रका रुपमा काम गर्ने प्रदेश सरकारहरुमा देखिएको अस्थिरताले नेपालमा यो संरचना आवश्यकत्ता नै थिएन भन्ने आफूजस्तै अरु पनि खुशी भएको धारणा राखेका छन् ।

बाँस्कोटाले लेखेका छन्– ‘प्रादेशिक विकास र सेवा केन्द्रका रुपमा काम गर्ने प्रदेश सरकारहरुमा देखिएको अस्थिरताले नेपालमा यो संरचनाको आवश्यकता नै थिएन भन्ने म जस्ता संघीयता विरोधी प्राणी पक्कै खुसी होलान भन्ने आशाकासाथ,स्थीरता विरोधी तर अग्रगामी भनि स्वतः जानिने तत्वका खवर बुझ्ने ईच्छाहुँदा यो कुरा लेखें।’


प्रतिक्रिया दिनुहोस्